सभापति देउवासंग पौडेल समूहको भेटघाट

केन्द्रभाग मिडिया

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरूबीच बालुवाटारमा छलफल भएको छ

प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरूले देउवालाई भेटेर उनीहरूले कांग्रेस महाधिवेशनमा सत्ताको प्रयोग नहुने सुनिश्चितता गर्न आग्रह गरेका छन् ।

त्यस्तै, क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी २० जिल्लाको समस्या समाधान गरी वडा अधिवेशन सुरु गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

कांग्रेसको १४ औं महाधिवेशन पनि निष्पक्ष हुने सुनिश्चितता गर्न पौडेल पक्षको प्रतिनिधि मण्डलले देउवासँग माग गरेको छ ।

 

  • २४ भाद्र २०७८, बिहीबार १२:२९ प्रकाशित