सँखुवासभा मादी नगरपालिकाको उम्लिङमा भएको विभत्स हत्याको अझै रहस्य खुलेन

केन्द्रभाग मिडिया

पोखरा । संखुवासभा मादी नगरपालिकाको उम्लिङमा आइतबार राति भएको एकै परिवारका ६ जनाको विभत्स हत्याको अझै रहस्य खुलेको छैन ।

हत्या कसले र कुन उद्देश्यले गराएको भन्नेबारे मंगलबार बिहानसम्म पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । । बाहिरी जिल्लाका अपराधीहरुले त्यहाँ पुगेर हत्या गरेका हुन् वा जिल्लाभित्रैका अपराधी संलग्न थिए भन्ने पनि खुलिसकेको छैन ।

एकै परिवारका ६ जनाको हत्या गरिएको यो कहालीलाग्दो घटना कुन उद्देश्यले, कोबाट भएको हुन सक्छ त रु यसबारेमा प्रारम्भिक जाँचबुझमा खटिएका प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको कुराकानीका क्रममा उब्जेका केही निरुत्तरित प्रश्नहरू यहाँ प्रस्तुत गरिएको छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा सम्भवतः चाँडै नै यी प्रश्नको जवाफ खुल्दै जानेछ ।

सङ्खुवासभाको दक्षिणी भेगमा पर्ने सो नगरपालिका कागजको मात्रै नगरपालिका हो, वास्तविकतामा चाहिँ यो एउटा विकट गाउँ हो । जिल्ला सदरमुकाम खाँदबारी र चैनपुर बजार हुँदै मादी नगरपालिकासम्म आउन ३ घण्टाभन्दा बढी समय लाग्छ । बरु, तेह्रथुमको वसन्तपुर हुँदै मोटरसाइकलमा जाँदा मादी नगरपालिका १, उम्लिङसम्म त्यो भन्दा अलि सहज रूपमा पुग्न सकिन्छ ।

मादीमा बास बस्नका लागि होटलहरुको प्रबन्ध छैन, स्थानीयवासीको घरमा बास मागेर रात कटाउनुपर्ने हुन्छ । यो स्थितिमा बाहिरको मानिसका लागि सङ्खुवासभाको मादीसम्मको यात्रा निकै नै कठिन छ । अहिले वर्षायाममा वसन्तपुरबाट यात्रा गर्दा हिलोको सामना गर्नुपर्ने भएकाले नयाँ मानिसका लागि मोटरसाइकलको यात्रा कठिन छ । स्थानीय युवाबाहेक अरूलाई यो बाटोमा मोटरसाइकल चलाउन मुस्किल छ ।

धरानबाट सङ्खुवासभाको मादी जाने हो भने धनकुटा, तेह्रथुमको वसन्तपुर हुँदै टुटे देउराली र चौकी भएर उम्लिङ झर्न सकिन्छ । उम्लिङको अलि तल खोलाको नजिकै कार्की परिवारको घर छ । यो स्थान मादी नगरपालिकाको वडा नम्बर १ मा पर्छ ।

वसन्तपुरबाट मात्रै उम्लिङसम्म पुग्न मोटरसाइकलमा साढे ३ घण्टाजति लाग्छ । बाटो हिलो भएकाले मोटरसाइकल कुदाउन प्रायः स्थानीयले सक्छन्, अरूलाई गाह्रो छ । खाँदबारी, चैनपुरतिरबाट पनि त्यति नै समयमा मादी पुग्न त सकिन्छ, तर वसन्तपुरतिरबाट भन्दा गाह्रो छ ।

कार्कीको परिवारमा तीन पुस्ताका मानिसहरू एकै ठाउँ बस्दै आएका थिए । उमेरले ८५ कटेका बौद्धमान कार्की सधैँझैँ आइतबार पनि साँझ ६ बजे नै खाना खाएर सुते ।

बिहान ब्युँझँदा ८४ वर्षकी श्रीमती घरभित्रै पल्टिइरहेकी थिइन्, बौद्धमानले ठाने, उनी सुतिरहेकी होलिन्, तर राति नै धारिलो हतियार प्रहार गरेर ८४ वर्षीया पार्वताको हत्या भइसकेको वयोवृद्ध बौद्धमानले पत्तै पाएनन् ।

घरभित्र बौद्धमानका छोराबुहारी, नातिनी बुहारी, पनाति र पनातिनी पाँचैजना थिएनन् ।
एकैछिनपछि बाटोमा, बारीमा र खोल्सामा शवहरू असरल्लै देखेर छिमेकीहरु हस्याङ– फस्याङ गर्दै घरमा आएपछि पो बौद्धमानले थाहा पाए, अपराधीहरू आफ्नो छोरादेखि पनातिसम्मको पुस्तालाई राति नै हत्या गरेर फरार भइसकेका रहेछन् ।

आइतबार राति सामूहिक हत्या भएकाहरूमा बौद्धमानकी श्रीमती पार्वता कार्की ९८४ वर्ष०, छोरा तेजबहादुर कार्की ९५२०, बुहारी कमला कार्की ९५२०, नातिनी बुहारी रञ्जना कार्की९३२०, पनाति विपिन कार्की९ ८० र पनातिनी गोमा कार्की ९५० छन् । घरका मूली हजुरबुवा बौद्धमान मात्रै जीवित छन् ।
वृद्धा पार्वताको शव घरभित्रै थियो भने तेजबहादुरको शव घर नजिकैको बाटोमा भेटिएको थियो ।

 

  • २२ भाद्र २०७८, मंगलवार १३:१२ प्रकाशित