सत्तारुढ गठवन्धनमा आवद्ध विद्यार्थी संगठनले गृहमन्त्री खाँणको पुत्ला जलाए

केन्द्रभाग मिडिया

पोखरा । सत्ता गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।
सो क्रममा गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति पनि जलाइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि अनेरास्ववियू आक्रोशित बनेको हो । दार्चुला घटना र भारतीय हस्तक्षेपप्रति मौन सरकार मोदीको पुत्ला जलाउँदा चाहिँ कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको भन्दै पराजुलीले आक्रोश पोखे ।

सो क्रममा विद्यार्थीहरूले एमसीसीको समेत विरोध गरेका छन् । ‘एमसीसी मुर्दावाद’ लेखिएको प्लेकार्डसहित भेला भएका उनीहरूले सरकार र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

 

  • २१ भाद्र २०७८, सोमबार १६:४१ प्रकाशित