प्रदेश २ मा एमालेका थप दुई सांसद एकीकृत समाजवादीका पक्षमा सनाखत

केन्द्रभाग मिडिया

जनकपुरधाम ।
नेकपा एमाले छाडेर प्रदेश २ का थप दुई सांसद नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका छन् ।

आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । उनीहरु निर्वाचन आयोगको जनकपुरस्थित प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका हुन् ।

बिहीबार एमालेका ११ जना सांसदसँगै उनीहरूलेले सनाखत एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने बताइए पनि अन्तिम समयमा उनीहरू फेरि एमालेका कार्यक्रममा सहभागी भएका थिए।

यसअघि गत बिहीबार प्रदेश २ का ११ एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका थिए । प्रदेश २ मा नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा सामेल हुने प्रदेशसभा सदस्यको संख्या १३ पुगेको छ ।

  • २० भाद्र २०७८, आईतवार १२:४५ प्रकाशित