नेकपा एसको पक्षमा खुलीन वागमती प्रदेशसभा सदस्य मीना ज्ञवाली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमाले बाग्मती प्रदेश सभा सदस्य मीना नेपाल ज्ञवाली नेकपा एकीकृत समाजवादी पार्टीतिर खुलेकी छन्।

उनले शुक्रबार जिल्ला निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन्। उनी समानुपातिक सांसद हुन्।

यससँगै एमालेका ५६ जना सांसद मध्ये एकीकृतमा १३ जना सांसदले सनाखद गरेको प्रदेश सभा सदस्यसमेत रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बताए।

एकीकृत समाजवादी रोज्ने सांसदको संख्या बढ्दै जाने पाण्डेले बताए। यसअघि माधवकुमार नेपालपक्षमा १२ जना सांसद खुलेका थिए। निर्वाचन आयोगले दल रोक्नका लागि भदौ २२ गतेसम्मको लागि समय दिएको छ।

  • १८ भाद्र २०७८, शुक्रबार १६:४२ प्रकाशित