लुम्बिनीमा मन्त्रीहरूको जिम्मेवारी हेरफेर

केन्द्रभाग मिडिया

बुटवल ।
लुम्बिनी प्रदेश सरकारले मन्त्रालयका नाम हेरफेर र कार्यविभाजन गरेको छ । पछिल्लो पटक प्रदेश प्रमुख अमिक शेरचनले गरेको हेरफेर तथा कार्यविभाजन अनुसार प्रदेशमा १३ वटा मन्त्राय हुनेछन् ।

तीमध्ये पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयमा डिल्लीबहादुर चौधरी, आर्थिक मामिला तथा सहकारी मन्त्रालयमा कृष्णध्वज खड्का, भौतिक पूर्वाधार विकास मन्त्रालयमा सहस्रराम यादव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अजय शाहीले सम्हाल्ने छन् ।

त्यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन, वातावरण तथा भू(संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय मुख्यमन्त्री कुलप्रसााद केसी आफैले राखेका छन् । मन्त्री सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई अझै विनाविभागीय राखिएको छ।

  • १८ भाद्र २०७८, शुक्रबार १५:३० प्रकाशित