सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुुद्दा आज पनि हेर्न नमिल्नेमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको फौजदारी अभियोयगसम्बन्धी द्वन्द्वकालीन मुद्दा आज पनि संवैधानिक इजलासमा हेर्न नमिल्ने भनेर पन्छाइएको छ ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा पेशी चढेको थियो । तर हेर्न नमिल्नेमा परेको अदालत प्रशासनले जनाएको छ ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

सर्वोच्च अदालतले सापकोटाविरुद्धको मुद्दा साप्ताहिक पेसी सूचीमा संवैधानिक इजलासमा पहिलो नम्बरमा राखेको छ ।

करिब १० वर्षदेखि सर्वोच्च अदालतमा विचराधिन उक्त मुद्दा हालसम्म २० पटक पेसीमा तोकिए पनि अन्तिम सुनुवाइ हुन सकेको छैन ।

अर्जुनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा करिब १० वर्ष देखि विचाराधीन रहेको छ ।

  • १६ भाद्र २०७८, बुधबार १२:२९ प्रकाशित