समाज


सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काठमाडौं । शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ । मन्त्रालयले...

सुर्खेतबाट कालिकोट जाँदै गरेको यात्रुवाहक हाइस कर्णाली नदीमा खस्यो

सुर्खेत । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक हाइस कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा उक्त हाइस दुर्घटना भएको हो । कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त गाडी सडकबाट करिब ५००...

सुख्खा पहिरोले मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध

चितवन। मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामनामा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान ११ः४० बजे जिल्ला चितवन, इच्छाकामना गाउँपालिका–६ स्थित पानीधारा भन्ने स्थानमा पहिरो खसेको हो ।सडक दुवैतर्फ ठप्प भएपछि...

ठुलो मात्रामा सुन र चाँदीको गरगहनासहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ

काठमाडौं । ठुलो मात्रामा सुन र चाँदीको गरगहनासहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गो झापा, बौछका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल रहेको विमान सुरक्षा...

संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय

  काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्नो कार्यप्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन संगठनात्मक पुनर्संरचनाको गृहकार्य अघि बढाएको छ। मन्त्रालयको दैनिक प्रशासनिक काम र निर्णय प्रक्रियालाई छरितो बनाउने उद्देश्यले...

पत्रकार खेम भण्डारी पक्राउ

धनगढी । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका...

जिसस कास्कीद्वारा प्रदेश सरकारका आयोजना अनुगमन

पोखरा । जिल्ला समन्वय समिति कास्कीले गण्डकी प्रदेश सरकारका कास्की स्थित विभिन्न आयोजना अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा अनुगमन सम्पन्न भएको हो । समितिले पाँच करोडको लागतमा निर्माणाधीन पोखरा ३३ स्थित तल्लो...

‘एक घर, एक धारा’ अभियानले गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित

तीनै तहका सरकारको लगानीमा गण्डकी प्रदेशका ६६ प्रतिशत घरधुरीमा निजी धारा जडान गरिएको छ । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत साढे चार लाख घरधुरीमा निजी धारा पुगेको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ ।मन्त्रालयले यस अभियानका लागि बर्सेनि...

दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डा।शत्रुघ्नप्रसाद साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतको फैसलालाई...