नेपाल चिकित्सक संघको बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

भावी आन्दोलनको रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक बसिरहेको छ ।

संघको केन्द्रीय कार्यालयमा जारी बैठकमा आगामी रणनीति र आन्दोलनको समीक्षा भइरहेको छ। बैठकले आगामी आन्दोलनका कार्यक्रम र रणनीतिबारे थप निर्णय गर्ने जानकारी संघका केन्द्रीय सदस्य डा.राकेश शाहले दिएका छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गराएको थियो ।

संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको थियो। आन्दोलनका कारण सेवा लिन आएका बिरामीहरू मारमा परेका थिए ।

  • १२ श्रावण २०८३, मंगलवार १७:०६ प्रकाशित