आज पनि घट्यो सेयर बजार

केन्द्रभाग मिडिया

stock

काठमाडौं ।

अघिल्लो कारोबार दिन ३३.२८ अंक घटेको सेयर बजार मंगलबार ४.६४ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २६९६ अंकमा झरेको छ, अघिल्लो दिन २७०१ अंकमा थियो ।

दिनभर बजार उतारचढावमै रह्यो । १२ : १० बजे कारोबार अवधिभरको न्यूनतम अंक २६८१ मा बजार झरेको थियो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४२ करोडको कारोबार भएको छ।

आज ९९ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने १३ को स्थिर रह्यो ।

  • १२ श्रावण २०८३, मंगलवार १५:२८ प्रकाशित