आजदेखि अबको तीन महिना सडक खन्न नपाइने भएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने...
पोखरा । कस्केली अधिकृत समाज कास्कीले संस्थाका पूर्व कोषाध्यक्ष टेकबहादुर कुँवरलाई एक समारोहका बीच स्वागत तथा सम्म्मान गरेको छ । अधिकृत समाज स्थापनापछि दोस्रो कार्यकाल २०६५ सालदेखि २०६७ सालसम्म कोषाध्यक्ष रहेर संस्थालाई गतिशील तुल्याउन पु¥याएको योगदानको...
काठमाडौं । सेवा सुरक्षा ग्यारेन्टीको मागसहित आन्दोलन गर्दै आएका नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्षसँगै वरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठ, जुम्लाका धन बहादुर महत लगायतलाई प्रहरीले पक्राउ...
काठमाडौं । श्रीमानको कुटाइबाट एकजना महिला वडा सदस्यको ज्यान गएको छ । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ की दलित महिला सदस्य ज्ञानीमाया विकको आफ्नै श्रीमानको कुटाईबाट ज्यान गएको हो । कुटपिटबाट हत्या गरेको अभियोगमा उनका पति सन्दु विकलाई प्रहरीले...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालबाट घरेलु कामदार लैजाने प्रस्ताव गरेको छ । काठमाडौँमा सम्पन्न नेपाल र यूएईको संयुक्त कार्य समितिको बैठकमा घरेलु कामदार लैजाने प्रस्ताव राखेको हो । यूएईले विगतदेखि नै नेपालबाट घरेलु कामदार लैजाने प्रस्ताव...
पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ मुल नाराका साथ विगत ३ वर्ष देखि संचालन भइरहेको हाइकिङ गत शनिबार तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका वडा नं. २ स्थित दगाम सामुदायिक होम स्टेमा सम्पन्न भएको छ । हाइकिङको ३५ औं श्रृङ्खला अन्तरगत दगाम पुगेका ३८...
गोरखामा बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । नारायणगढबाट गोरखाको आरुघाटका लागि छुटेको ना ५ ख ७२११ नम्बरको बस आज बिहान ११ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखा नगरपालिका-८ ढुङ्गागाढेमा भएको उक्त दुर्घटनामा...
पोखरा । पोखराको पश्चिमाञ्चल क्षेत्रीय(गण्डकी) अस्पतालमा सुत्केरी गराउने क्रममा आमा र शिशुको ज्यान गएको छ । तनहुँको व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुबैको सुत्केरी गराउने क्रममा ज्यान गएको हो । जेठ २८ गते उपचारका लागि पोखरास्थित...
काठमाडौं । यस वर्षको मनसुन प्रणाली आजबाट भित्रिएको छ । आज नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा आगमन भएको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा...