समाज


मनाङ एयर दुर्घटना : मृत्यु भएका पाँच मेक्सिकन १५ दिने भिसामा आएका थिए नेपाल

काठमाडौं । सोलुखुम्बुको लामजुरा क्षेत्रमा मंगलबार मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना मेक्सिन नागरिक र हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ रहेको सोलु प्रहरीले जनाएको छ । मंगलबार विहान...

दुर्गा प्रसाईंलाई ३० करोड माग्दै ज्यान मार्ने धम्की दिने पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३० करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई मंगलबार बिहान महाराजगञ्जबाट...

हेलिकप्टर दुर्घटना : छानबिन समिति बनाइने

काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । मंगलवार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन...

अपडेट : मनाङ एयरको हेलिकप्टरमा सवार ६ जनाकै ज्यान गयो

काठमाडौँ । मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटना हुँदा सवार ६ जनाकै ज्यान गएको छ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाकै ज्यान गएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले जानकारी दिएका...

पोखरा महानगर–५ का कृषकलाई प्रोत्साहन रकम वितरण

पोखरा । पोखरा महानगरपालिका वडानम्बर ५ मा कृषकलाई प्रोत्साहन रकम वितरण गरिएको छ । तरकारी पकेट क्षेत्रको रुपमा घोषणा गरिए अनुसार वडानम्बर ५ का तरकारी खेती गर्ने किसानलाई उक्त रकम वितरण गरिएको हो । कार्यक्रममा वडानम्बर ५ का वडाध्यक्ष विष्णु प्रसाद बराल,...

बालेनविरुद्ध जाग्दै ‘इनफ इज इनफ’

काठमाडौं । ‘इनफ इज इनफ’ अभियान काठमाडौंका मेयर बालेन साहविरुद्ध जाग्न थालेको छ । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लकडाउनका बेला आन्दोलन गर्न संगठित बनेको ‘इनफ इज इनफ’ अभियान लामो समयपछि फेरि जागेको हो। बालेन नेतृत्वको महानगर...

सर्पले डस्दा दाजुभाइसहित ४ जनाको ज्यान गयो

कपिलवस्तु । विषालु सर्पले डस्दा दुई दाजुभाइसहित ४ जनाको ज्यान गएको छ । बुद्धभूमि नगरपालिका १, कपासीका दाजुभाइ ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दिपक भुसालको ज्यान गएको प्रहरीले जनाएको छ । हजुरआमासँग भुइँमा सुतेका उनीहरुलाई सोमबार राति सर्पले डसेको...

भारतले धौलीगङ्गाको बाँध खोल्दा धार्चुलामा घर बगायो

दार्चुला । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ । आज (मंगलबार) बिहान ५ बजे भारतले बाँध खोलेको हो । बाँधका ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ । नदीमा पानीको सतह बढेपछि पारि (भारततीर)धार्चुलामा केही क्षति भएको छ ।...

ललिता निवास प्रकरण : थप दुई पूर्व कर्मचारी पक्राउ

काठमाडौँ । ललिता निवास प्रकरणमा सिआईबीले थप दुइजनालाई पक्राउ गरेको छ । सरकारी जग्गा हिनामिना आरोपमा सिआईबीले मालपोतका पूर्व कर्मचारी योगराज पौडेल र नारायणदास मिश्रलाई पक्राउ गरेको हो । योगराज पौडेल मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु हुन्...