समाज


पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले बहस चल्दाचल्दै विष सेवन गरिन्

काठमाडौं । कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन् । उनले बुधबार दिउँसो २ बजेतिर विष सेवन गरेकी हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको...

पोखरामा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले पोखरासँगै मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको...

त्रिशुलीमा ट्याक्सी खस्दा बेपत्ता भएका विवशको शव भेटियो

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका विवस रोकाको शव चार दिनपछि फेला परेको छ। बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको सिमलधाराबाट त्रिशुलीमा खस्दा बेपत्ता भएका गोरखा नगरपालिका ७ पौवाखेतका विवशको शव बुधबार...

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट खिवाङगाउँ

म्याग्दी । म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो । धवलागिरि गाउँपालिका–४ का...

आज डलर, युरो र पाउण्डको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २७ र बिक्रीदर १६८ रुपैयाँ ०२ पैसा छ । यस्तै युरो एकको...

सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे भर्ना रोक्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ । आज एक सूचना जारी गर्दै महानगरले आफ्नो मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न समय सीमा...

प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै मेयर सम्पाङले काठमाडौँमा गरे एकल प्रदर्शन

काठमाडौँ । धरान उपमहानगरपालिका मेयर हर्क राई ९साम्पाङ०ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै काठमाडौँमा एकल प्रदर्शन गरेका छन् ।धरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आएका मेयर सम्पाङले मंगलबार बिहान एकल...

पर्वतमा घरभित्रै मृत भेटिए एक दम्पती

पर्वतमा एक दम्पती घरभित्रै मृत भेटिएका छन् । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो...

मुग्लिन–पोखरा सडक विस्तार : चैतभित्र दमौली बजारका अनधिकृत संरचना हटाउन आग्रह

दमौली । व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ । केही घरधनी सम्पर्कमा नआएका, केहीले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गरेकाले चैतभित्रै त्यस्ता संरचना हटाउन नगरपालिकाले...