समाज


आज सुनको मूल्य घट्यो

  काठमाडौं । आज बुधबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत...

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन् । राष्ट्र बैंकले संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको...

काठमाडौंमा यात्रुहरुलाई तानातान गर्दै भाडा बार्गेनिङ गर्ने ३५ बिचौलिया पक्राउ

काठमाडौं। काठमाडौंको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने ३५ बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले अपरेसन सञ्चालन गरेर बुधबार बिहान उनीहरूलाई पक्राउ गरेको...

नियन्त्रणमा लिइएका ७७५ वटा विद्युतीय गाडी फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र...

स्वास्थ्यमन्त्री मेहता र कोरियाका राजदूतबीच भेट : नेपाली कामदारको स्वास्थ्य सुरक्षाबारे सरकारको चासो

काठमाडौं । कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षाबारे सरकारले चासो दिएको छ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूतसँग मन्त्रालयमै भएको शिष्टाचार भेटमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले यो विषय उठाएकी हुन् । मन्त्रालयका...

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी जिल्ला अदालत काठमाडौँमा सुनुवाइ भइरहेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। पाँच दिनदेखि सुनुवाइ भइरहेको यो मुद्दा हेर्दाहेर्दैमा भोलि (बुधबार)का लागि पेसी तोकिएको छ। गत जेठ २७ गतेदेखि यो मुद्दा न्यायाधीश...

नेपालमा मनसुन सुरु हुन केही दिन ढिला हुने

नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ । गत वर्षभन्दा यस वर्ष तीन दिन ढिला हुँदा पनि मनसुन भित्रिन सकेको छैन ।जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने भए अझै केही दिन ढिला हुने जानकारी...

कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र कार्यालय छाड्न र बोर्ड हटाउन निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र कार्यालय छाड्न र साइन बोर्ड हटाउन निर्देशन दिएको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । सूचनामा भनिएको छ,‘‘काठमाडौँ जिल्लास्थित विभिन्न सरकारी...

चैते धानको समर्थन मूल्य कार्यान्वयन गर्न सरकारको ताकेता

काठमाडौं। सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायलाई ताकेता गरेको छ । कृषि, वन तथा वातावरण मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चामल, तेल, दाल उद्योग संघ र राष्ट्रिय कृषि आधुनिकीकरण...