रसुवा बाढीको नामकरण गर्न सरकारलाई दलहरूले आग्रह गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले भदौ १० गते चीनको तिब्बतबाट रसुवाको भोटेकोशी हुँदै आएको बाढीको नामकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन् । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा यसबारे छलफल भएको र सरकारलाई उक्त बाढीको नामकरण गर्न सुझाव दिने निर्णय भएको बताए ।

बैठकपछि विश्वमा कुनै पनि विपतपछि नाम दिने चलन रहेको अवस्थामा भोटेकोशी बाढी गएको तीन साता बित्दा समेत कुनै नामकरण नभएकोबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा सभापति लामिछानेले यसबारे सर्वदलीय बैठकमा छलफल भएको जानकारी दिँदै सरकारलाई सुझाव दिने निर्णय भएको बताए ।

  • ३१ भाद्र २०८३, बुधबार १४:५६ प्रकाशित