समाज


भाइटीकाको शुभ साइत कार्तिक १८ गते आइतबार ११ः ३७ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः ३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए...

दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम भएको हल्ला

काठमाडौँ । काठमाडौँबाट नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखिएको हल्लापछि विमान चेकजाँच थालिएको छ । एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि चेकजाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले...

कात्तिक १५ देखि १९ सम्म सर्वोच्च अदालत बन्द हुने

काठमाडौँ । तिहारको उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द हुने भएको छ । सर्वोच्चको प्रशासन शाखाले सोमबार जारी गरेको सूचनामा अदालत बन्द भएपनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेकका दिनहरूमा...

प्रस्तावित राजदूत र न्यायाधीशको संसदीय सुनुवाइ १४ गते

काठमाडौँ । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कार्तिक १४ गते संसदीय सुनुवाइ हुने भएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका...

तिहारलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरु

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारको धनतेरसलाई लक्षित गर्दै चाँदीका सिक्का ९मेडालियन० बिक्री सुरु गरेको छ । राष्ट्र बैंक टक्सार महाशाखाले सिक्का बिक्री सुरु गरेको हो । राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ । राष्ट्र...

पर्वतको नागढुंगा सहकारीमा ५ करोड अपचलन भएको पुष्टि

पोखरा । पर्वतको फलेवासस्थित नागढुंगा सहकारीको रकम पनि अपचलन भएको पुष्टि भएको छ । सञ्चालक समिति मिलेर उक्त सहकारीको ५ करोडभन्दा बढी रकम हिनामिना गरेको छानबिनबाट पुष्टि भएको हो । विज्ञ समूहले गरेको अध्ययन अनुसार सहकारीमा बचतकर्ताले जम्मा गरेको ४ करोड...

मौलिक संस्कृतिको जगेर्नाका लागि भरतपोखरीमा कार्तिक १५ गते खुल्ला देउसीभैलो

पोखरा । भरतपोखरी विकास मञ्चको आयोजनामा नेपालीहरूको महान चाड दिपावलीको अवसर पारी यही कात्तिक १५ गते खुल्ला देउसीभैलो तथा एकल नृत्य प्रतियोगिता गरिने भएको छ । दिपावलीका अवसरमा परापूर्व कालदेखि मौलिक संस्कृतिमा आधारित देउसीभैलोको मौलिकतालाई जीवन्त राख्ने...

अब १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

काठमाडौं । सरकारले मंसिर १ बाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताल (काठमाडौं), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर...

आज युरोको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ...