गोरखा । गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्ड र युरोको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७९ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७३...
काठमाडौं । नेपालको ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न आउँदो १३ गते त्रिपक्षीय सम्झौता हुने भएको छ। उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयकाअनुसार नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत्...
कास्की । गण्डकी प्रदेशमा साविकको घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई नवीकरणको म्याद कटेर कानुन अभावमा नवीकरण हुन नसकेका प्राइभेट फर्महरू नवीकरण र अद्यावधिकको बाटो खुलेको छ । गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐनमा संशोधनपछि एक वर्ष...
पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक ९डिएसपी० राजेन्द्रकुमार श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डिएसपी श्रेष्ठले पदीय मर्यादा विपरित कार्य गरेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले कारवाहीका...
काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश वडाल फेरि महान्यायाधिवक्तामा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा...
काठमाडौँ । रसुवा केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रसुवाको मन्चेट नजिक रहेको थियो । दिउँसो ३ बजेर २४ मिनेट जाँदा गएको उक्त भूकम्पको तीव्रता ३।९ म्याग्निच्युड रहेको थियो ।...
चितवन । पूर्वपश्चिम रेलमार्गको नक्सांकनमा लागि पुगेका प्राविधिकको टोली चढेको कारलाई स्थानीयले तोडफोड तथा आगजनी गरेका छन् । भरतपुर महानगरपालिका–७ कृष्णपुरको प्लटिङमा नक्सांकनका लागि गएका प्राविधिक चढेको कार स्थानीयले बिहानैदेखि कब्जामा लिएका थिए । सर्भेका...
तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट...