समाज


  घर भत्किँदा एकै परिवारका ८ जना घाइते

सुर्खेत । जाजरकोटमा वर्षाका कारण घर भत्किँदा ८ जना घाइते भएका छन् । जाजरकोट प्रहरीका अनुसार गए राति १ बजेतिर छेडागाड नगरपालिका–१२ काडागाउँका स्थानीय पदम अधिकारीको घर भत्किएको थियो । चार कोठा रहेको एक तले उक्त कच्ची घर भत्किँदा घरमा बस्ने ८ जना घाइते...

कीर्तिपुरका नगरप्रमुख राजकुमार नकर्मीको निधन

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिए । मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । उनको पार्थिव शरीरलाई...

पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको ज्यान गयो

रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरोमा परी तीनजनाको ज्यान गएको छ । अविरल वर्षापछि खसेको पहिरोले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३...

प्राकृतिक विपत्तिबाट ज्यान गुमाएको घटनाप्रति होटल संघ पोखराद्वारा दुःख व्यक्त

पोखरा । पछिल्ला महिनाहरुमा नेपालमा भएका सवारी र हवाई दुर्घटना तथा प्राकृतिक विपत्तिमा परी दर्जनौं व्यक्तिहरुले ज्यान गुमाएको घटनाप्रति होटल संघ पोखरा नेपालले दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले विहीबार जारी गरेको विज्ञप्तिमा गत २८ असारको...

भुटानी शरणार्थी प्रकरण : बेचन झा थुनामै रहने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि अनुसन्धानका लागि थुनामा रहेका बेचन झालाई रिहा गर्ने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदन अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु...

यातायात व्यवसायीले भौतिक सचिवलाई बुझाए ज्ञापनपत्र

पोखरा । राइड सेयरिङ(निजी सवारीलाई सार्वजनिक सवारी सरह यात्रु बोक्न दिने कार्ययोजना) विरुद्ध गण्डकीका यातायात व्यवसायी सडकमा उत्रिएका छन् । गण्डकी प्रदेशका यातायात व्यवसायीहरूले आज राइड सेयरिङ विरुद्ध पोखरामा ट्याक्सी र्याली निकालेका थिए । उनीहरुले विरोध...

अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

पोखरा । अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश र स्वालम्बन जीवनपद्धती केन्द्र पोखराले मस्यौदा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापालाई...

बगंलादेशसँगको विद्युत् खरिद–बिक्री सम्झौता रोकियो

काठमाडौँ । बङ्गलादेशसँग हुने भनिएको ४० मेगावाट विद्युत् बिक्री सम्झौता रोकिएको छ । बङ्गलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक आन्दोलनका कारण तत्कालका लागि सम्झौता रोकिएको हो । यसअघि यही साउन १३ गतेका लागि सम्झौता समय तोकिएको थियो । बङ्गलादेशबाट र भारतबाट...

मन्त्रिपरिषद् बैठक : भारत र चीनको राजदूत नियुक्ति गर्ने तयारी

काठमाडौँ । सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्ने तयारी गरेको हो । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिचको सहमतिअनुसार...