समाज


नेपालमा थप ५७ हिमालको आरोहण खुल्यो

काठमाडौँ । नेपालमा थप ५७ वटा हिमालको आरोहण खुला भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो आरोहण खुला गरेको हो । मन्त्रालयका सचिव कृष्णहरि पुष्करले जारी गरेको उक्त सूचनामा पर्वतारोहणसम्बन्धी...

बझाङमा बाटोमै सुत्केरी भएकी महिला र बच्चाको ज्यान गयो

धनगढी । बझाङमा अस्पताल लैजाने क्रममा गर्भवती महिला र नवजात शिशुको बाटोमै ज्यान गएको छ । केदास्युँ गाउँपालिका–१ की २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बाटोमै ज्यान गएको हो । स्थानीय महिलाहरुले प्रसूति गराउनका लागि बोकेर अस्पताल लैजाने...

भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको ज्यान गयो

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको ज्यान गएको छ भने केही घरहरु भत्किएका छन् । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनको अनुसार ९ जनाको ज्यान गएको छ ।आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको...

गुन्द्री बुन्ने चलन हराउँदै

स्याङ्जा । पछिल्लो समय स्याङ्जामा गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो पराल छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ । खेतबारीमा भएका बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघका दिनमा...

भूकम्पका कारण सिन्धुपाल्चोकको फुल्पिङकट्टी चौकीमा क्षति

काठमाडौँ । भूकम्पका कारण सिन्धुपाल्चोकको फुल्पिङकट्टी स्थित चौकीमा क्षति भएको छ । भोटेकोशी–४ स्थित प्रहरी चौकीको भवन चर्किएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए । चीन केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ म्याग्निच्युडको भूकम्पको धक्का नेपालमा महसुस...

राज्य व्यवस्था समितिमा ९२ उजुरी, ५८ वटा दर्ता

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी पुगेका छन् । त्यसमध्ये ५८ वटा दर्ता भएका र बाँकी ३४ वटा अध्ययनका क्रममा रहेको समितिले जनाएको छ । विभिन्न उजुरीमाथि छलफल गर्न सोमबार बसेको समितिको बैठकमा उजुरीबारे...

मधेसका तत्कालीन सचिवसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर दर्ता गरेको छ। मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित ८ जनाविरुद्ध आयोगले सोमबार विशेष...

भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या

काठमाडौँ । काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । उडान नं। ९५३ नम्बर कल साइन नाइन एन–एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिँदा काठमाडौँ डाइर्भट गराइएको बुद्ध एयरले जनाएको हो । जहाज ११ः१५ मा...

नवलपरासीमा ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यसवर्ष थप ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार भएको छ । किसान आलुखेती तर्फ आकर्षित हुँदा गत वर्षभन्दा यसवर्ष जिल्लामा आलुखेती थप ११ हेक्टर क्षेत्रफलमा विस्तार भएको हो । जिल्लामा यस वर्ष तीन हजार दुई सय...