समाज


चिसोले कठ्याङ्ग्रिएर एकको ज्यान गयो

सिरहा । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक जनाको ज्यान गएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर गोलबजार नगरपालिका(८ बस्ने ३५ वर्षीय मोहमद अक्तर अलिको ज्यान गएको जिल्ला प्रहरी सिरहाले जनाएको हो । मधुमेह रोगबाट ग्रसित अक्तरको न्यानो...

सोलुखुम्बुमा आगलागीमा परी एकको ज्यान गयो

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वडासदस्य हिराकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा...

बागलुङको काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले तीन करोड ५० लाख बराबरको...

अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द

कञ्चनपुर । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् । चिसोले विद्यालयको पठनपाठन...

लस एन्जलसमा आगलागी : पाँच जनाको ज्यान गयो

वासिङ्टन डीसी । अमेरिकाको लस एन्जलसमा जङ्गलमा भएको आगलागीमा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । लस एन्जलस शेरिफको कार्यालयले मृत्युको पुष्टि गरेको हो । यसअघि अधिकारीहरूले दुई जनाको मृत्युको पुष्टि गरेका थिए । दुवै मृत्यु अल्टाडेना क्षेत्रमा रहेको...

१३ औं पोखरा महोत्सव आजदेखि

पोखरा । १३ औै संस्करणको पोखरा महोत्सव–२०८१ आज बिहीबारदेखी सुरु हुँदैछ । युनाइटेड क्लब, पोखराको आयोजनामा आज २५ पुसदेखि सुरु हुने महोत्सव ७ माघगते सकिने छ। महोत्सव अमरसिंहचौरमा आयोजना हुने आयोजक क्लबले जनाएको छ । महासचिव तथा प्रचारप्रसार संयोजक दिनेश...

सूर्यदर्शन सहकारी ठगी प्रकरण : आज सरकारी वकिलले जवाफी बहस गर्ने

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादी र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीको जवाफी बहस सकिएको छ । आज सरकारी...

नयाँ छात्रावास भवन बनाउदैँ पोखरा विश्वविद्यालय

पोखरा । पोखरा विश्वविद्यालयले नयाँ छात्रावास बनाउने तयारी सुरु गरेको छ । पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको दक्षिणतर्फ रहेको १२ रोपनी क्षेत्रफलमा छात्रावास निर्माण गर्ने तयारी थालिएको हो । नयाँ छात्रावास...

तनहुँमा प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न

तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका–५ स्थित पाटन टोल विकास संस्थाले प्राथमिक उपचारसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । योगदान राष्ट्रका लागि नामक संस्थाद्वारा प्राथमिक उपचारसम्बन्धी सचेतनामूलक तालिम सञ्चालन गरिएको हो । संस्थाले अकस्मात् आगोले पोले,...