समाज


दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेको प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले...

मनसुनअघि नै पूर्वतयारी थाल्न सरकारलाई निर्देशन

काठमाडौं । सांसदले मनसुनअघि नै विपद् जोखिमको आँकलन गरि न्यूनीकरण गर्न पूर्वतयारी थाल्न सरकारलाई निर्देशन दिएका छन् । राष्ट्रिय सभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनीहरुले मनसुनजन्य विपद्‌बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणमा...

आज सेयर बजार १९ अङ्कले बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन बिहीबार बजार परिसूचक १९.१४ अङ्कले बढेको छ । योसँगै बजार परिसूचक २६८८.९१ अङ्कमा पुगेको छ । आज बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन बजारमा १० अर्ब ४५ करोडको सेयर कारोबार भएको थियो । आज १०४ कम्पनीको...

गण्डकी प्रज्ञा प्रतिष्ठानको कूलपतिमा साहित्यकार कमल पौडेल ‘अथक’ को दरखास्त

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको कूलपतिमा साहित्यकार एवं पत्रकार कमल पौडेल अथकले कार्ययोजना सहितको आवेदन दर्ता गराएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार उनले ३१ औं नम्वरमा आवेदन दर्ता गराएका हुन् । मन्त्रालयले तोकेको सवै मापदण्ड पूरा...

धार्मिक सेवा र दानसहित नगरप्रमुख विष्टको टोली गण्डकी कोटिहोमबाट फर्कियो

पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत बुधबारको प्रवचन स्थल अन्य दिनको तुलनामा केही फरक र विशेष देखिएको थियो। मूलद्वारको प्रवचन स्थल विशेषरूपमा ठूलो संख्यामा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सोही...

उत्तर प्रदेशमा आँधीबेहरीका कारण १४ जनाको ज्यान गयो

नयाँ दिल्ली । बुधबार साँझ उत्तर प्रदेश लगायत भारतका कयौँ क्षेत्रमा आएको आँधीले जनधनको ठुलो क्षति भएको छ ।  उत्तर प्रदेशमा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि अलर्ट...

रविको प्रत्यक्षीकरण रिट निवेदनमाथि आज सुनुवाइ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि बिहीबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको...

सुनको मूल्य बढेको बढे्ई, आज कति छ तोलाको ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँ...

लोडसेडिङ रोक्न माग गर्दै प्राधिकरणका निर्देशक हितेन्द्रलाई ज्ञापनपत्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौँ जिल्ला कमिटीले नेपाल विद्युत् प्राधिकरणलाई निजीकरण गर्ने षड्यन्त्रविरुद्ध नौ बुँदे ज्ञापनपत्र बुझाएको छ । कमिटीले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुधबार साँझ भेटेर नौ बुँदे ज्ञापनपत्र...