समाज


सुन्तला बेचेर वर्षमा २० लाख आम्दानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष सुन्तला खेतीबाट उल्लेख्य आम्दानी गरेका छन्। आफ्नो १५ रोपनी क्षेत्रफलमा फैलिएको व्यवसायिक बगैँचाबाट उनले यस सिजनमा २० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका हुन्। म्याग्दीका...

मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडक खण्ड विस्तार तथा स्तरोन्नति गर्ने कार्यले तीव्रता पाएको छ। हालसम्म यस खण्डको ११ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकोमा यस वर्ष थप तीन किलोमिटर सम्पन्न भएको...

रत्नज्योतिमा साँस्कृतिक कार्यक्रमसहित विज्ञान प्रदर्शनी र खाद्य महोत्सव

पोखरा । रत्नज्योति माविमा वृहत साँस्कृतिक कार्यक्रमसहित विज्ञान प्रदर्शनी  र खाद्य महोत्सव सम्पन्न भएको छ । पोखरा ८ रत्नचोकमा रहेको सो विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का  विद्यार्थीहरुले शनिबार वृहत साँस्कृतिक कार्यक्रमको साथमा विज्ञान प्रदर्शनी...

पोखरा -४ ले आयोजना गरेको भजन प्रतियोगितामा धर्मस्थली भजन समूह प्रथम

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर-४ ले महाशिवरात्री उत्सव २०८२ को अवसर पारेर आयोजना गरेको खुला भजन प्रतियोगितामा पोखरा ५ मा रहेको धर्मस्थली भजन समूह प्रथम भएको छ । कुल १० समूह सहभागी प्रतियोगितामा  सुक्ला गण्डकी तनहुँको महेश्वर खनाल समूह दोस्रो...

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु

गुल्मी । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ । बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’अन्तर्गत...

मुस्ताङबाट छ महिनामा चार हजार ४९१ केजी फोहोर निकासी

जोमसोम । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ केजी फोहोरमैला जिल्ला बाहिर निकासी गरिएको छ । यहाँ स्थित वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जिल्ला बाहिर...

२०८३ सालमा विवाहका ४१ लगन (सूचीसहित)

काठमाडौं । ज्योतिषीय गणनाअनुसार २०८३ सालमा विवाहका लागि जम्मा ४१ दिन लगन रहेको बताइएको छ। विवाहलाई पारिवारिक तथा सामाजिक मिलनका रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका लागि आपसी सहमतिमा स्थापित सम्बन्धलाई विवाह भनिन्छ । प्रचलित...

आज सेना दिवस : काठमाडौंको टुँडिखेलमा भव्य रुपमा मनाइयो

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा बुधवार मुलुकभर सेना दिवस मनाएको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रूपमा सेना दिवस मनाएको हो । नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति...

आज महाशिवरात्री, आराध्यदेव शिवको पूजाआराधना गरी मनाइँदै

पोखरा । आज महाशिवरात्री, महाशिवरात्री पर्व आराध्यदेव शिवको पूजाआराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । भगवान शिवजी उत्पत्ति भएका...