जेनजी आन्दोलनमा कागजात जल्दा डेढ खर्ब माथिको लेखा परीक्षण प्रभावित

केन्द्रभाग मिडिया

काठमाडौं ।

गत २३ र २४ भदौको जेन जी आन्दोलनका कारण डेढ खर्ब माथिको लेखा परीक्षण प्रभावित भएको छ ।

महालेखा परीक्षक तोयम रायाका अनुसार यस वर्ष संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संस्था तथा समिति समेतको कुल ९४ खर्ब ८४ अर्ब ५० करोडको लेखा परीक्षण भएको छ ।

कूल १७९ वटा कार्यालयको कागजात जल्दा १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको लेखा परीक्षण प्रभावित भएको महालेखा परीक्षक रायाले जानकारी दिए ।यसवर्ष संघीय निकायतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ ५ अर्ब २३ करोड र स्थानीय तहतर्फ १९ अर्ब ५ करोड बेरुजु कायम भएको छ ।

समिति र अन्य संस्थातर्फ १० अर्ब ३२ करोड बराबरको बेरुजु देखिएको छ । कूल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रहेको छ ।एक वर्षको अवधिमा १४ अर्ब ६३ करोड रुपैयाँ बराबर असुल भएको छ । जुन उत्साहजनक रहेको रायाले जानकारी दिए ।

  • १ जेष्ठ २०८३, शुक्रबार १६:२३ प्रकाशित