समाज


जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ला । जुम्लाका सात गाउँपालिकासहित एक नगरपालिका गरी आठ स्थानीय तहका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । स्याउमा परिपक्वता तथा गुलियोपन भरिएसँगै बगैँचामा स्याउ टिप्न सुरु गरिएको हो । स्याउ व्यापारी घरमै आएर खरिद गर्न...

प्रधान सम्पादक सुवेदीलाई पृथ्वी पत्रकारिता पुरस्कार

पोखरा । पोखरामा क्रियाशील पत्रकार गोविन्द सुवेदी पृथ्वी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पृथ्वी होटल व्यवसायी समितिले आफ्नो १३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनको उद्घाटन कार्यक्रमको अवसरमा सुवेदीलाई पर्यटन पत्रकारिता मार्फत पर्यटन क्षेत्रमा...

मकवानपुरमा आगलागीबाट २ करोडको क्षति, घरधनी घाइते

काठमाडौं । मकवानपुरमा आगलागी हुँदै झन्डै २ करोड बराबरको क्षति भएको छ ।मकवानपुरको बकैया गाउँपालिका(५ गरगरे स्थित लिलाराम जिम्बाको किराना पसलमा शुक्रबार बिहान आगलागी भएको हो । आगो निभाउने क्रममा घरधनी ४५ वर्षीय लिलाराम जिम्बा घाइते भएका छन् । घाइते...

फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ

काठमाडौं । दाङमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङको तलसीपुर उपमहानगरपालिका–५ बसपार्क बस्ने १९ वर्षीय नवीन राना, तुलसीपुर–६ गोखौराका १८ वर्षीय बसन्त...

आज मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औँ राष्ट्रिय दिवस

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । आज काठमाडौँका विभिन्न स्थानमा मानव बेचबिखनविरुद्धको र्‍यालीसहित यो दिवस मनाइएको हो । यस वर्ष ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोस् मानव बेचबिखनको हटाऔँ...

ट्विटरले नेपालमा दर्ताका लागि आधिकारिक निवेदन दियो, वीच्याट सम्पर्कमा

काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयपछि एकपछि अर्को सामाजिक सञ्जाल सम्पर्कमा आउन थालेका छन्। अर्बपति एलन मस्कको एक्स (ट्विटर) ले नेपालमा दर्ता हुनका लागि आधिकारिक रूपमा निवेदन दिएको छ। चिनियाँ सञ्चारमाध्यम वीच्याटले...

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय रास्वपाले प्रतिवाद गर्ने

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने निर्णय गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर चिन्ता व्यक्त गरेको छ । पार्टीले यस निर्णयलाई अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध मानेको छ...

जापानको रित्सुमेइकान विश्वविद्यालयका प्रोफेसरको टोली र महानगर प्रमुख आचार्यबीच भेटघाट

पोखरा । मित्रराष्ट्र जापानको क्योटोमा अवस्थित रित्सुमेइकान विश्वविद्यालयका प्रोफेसर डा।मीवा हिरोनो नेतृत्वको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेको छ । शुक्रबार भएको भेटमा प्रोफेसर हिरोनो सहित विश्वविद्यालयमा लैङ्गीक समानता,...

सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको माओवादीको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाएको छ । बिहीबार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले सामाजिक सञ्जाल...