समाज


मुग्लिन–पोखरा सडक अपाङ्गतामैत्री नभएको गुनासो

तनहुँ । विस्तारको अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडकखण्ड अपाङ्गतामैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँ सदरमुकाम दमौली बजारमा अपाङ्गता भएका व्यक्तिहरूका लागि हिँडडुलमा समस्या भएको गुनासो गरेका...

शुक्रबार उद्घाटन भएको पूर्वसांसद शान्ताको अचार उद्योगमा आगलागी

सुर्खेत । नेकपा एमाले नेतृ तथा पूर्वसांसद शान्ता चौधरीको ‘शान्ताको अचार’ उद्योगको सुर्खेत वीरेन्द्रनगरस्थित भर्खरै उद्घाटन गरिएको शाखामा आगलागी भएको छ । शुक्रबार मात्रै भव्य उद्घाटन भएको यस शाखामा आइतबार बिहान करिब ३ बजेतिर आगलागी भएको हो । आगलागीको...

रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै : झण्डै २५ करोडभन्दा बढी लागतमा स्तरोन्नति सुरु

सुर्खेत । डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झण्डै २५ करोडभन्दा बढी लागतमा स्तरोन्नति सुरु भएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ त्रिवेणीबाट जुम्ला जोड्ने सडक निर्माण भइसकेको सन्दर्भमा अर्को मार्गबाट...

गृहमन्त्रीद्धारा सुरक्षा समिति बैठक आह्वान

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । मन्त्री अर्यालले आइतबार दिउसो तीन बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्नेगरी केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेको गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय...

उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जनाको उद्धार

सुर्खेत । उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट उद्धार गरिएको हो । उद्धार हुनेमा प्रहरी सहायक निरीक्षक देवदत्त पाण्डे, वरिष्ठ हवल्दार मणिराज जोशी, प्रहरी...

प्रधानमन्त्रीद्धारा मतदाता नामावली संकलनको म्याद पाँच दिन थप गर्न आग्रह, आयोग सकारात्मक

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलन प्रक्रियामा म्याद थप गर्न आग्रह गर्नुभएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले मतदाता नामावली दर्तामा देखिएको...

नेपाली राहदानी बाहक यात्रुलाई अब हङकङ ट्रान्जिट भिसा आवश्यक नपर्ने

काठमाडौं । हङकङ सरकारले नोभेम्बर १५ देखि लागू हुने गरी नेपाली राहदानी बाहक यात्रुलाई ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरेको छ । नेपाली महावाणिज्यदूतावास हङकङले निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका कारण नेपालबाट अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल...

गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित

पोखरा । गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ गण्डकी प्रदेश सभाले बहुमतले पारित गरेको छ । २०८२ कात्तिक २४ गते सभामा प्रस्तुत भई सामान्य छलफलमा परेको विधेयक शुक्रबार दफावार छलफलपछि पारित भएको हो। गण्डकी विश्वविद्यालय ऐन, २०७६ लाई समयअनुकूल सुधार...

यातायात व्यवस्था विभागको सूचना प्रविधि प्रणाली बन्द

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले आफ्नो सूचना प्रविधि प्रणाली अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ। विभागको मीनभवनस्थित डेटा सेन्टरमा उत्पन्न प्राविधिक समस्याका कारण इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्स...