सडक र सवारी


नारायणघाट–बुटवल सडकको पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी। सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् ।निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको...

हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

मुस्ताङ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो । मंगलबार राति भारी हिमपातका कारण मुक्तिनाथ जाने...

मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते

पोखरा । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार दाङबाट काठमाडौंतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको रात्री बस घुमाउने भन्ने स्थानमा आज बिहान...

हिमपातले डोल्पा जाने यात्रु बाटोमै अलपत्र, उद्धारको माग

डोल्पा । काठमाडौंबाट डोल्पा जाँदै गरेका यात्रुहरू भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व(बाग्लुङ खण्डमा यात्रुहरु अलपत्र परेका हुन् । उक्त सडकखण्डमा परेको हिमपातले दर्जनौँ बस र यात्रु बीच बाटोमै अलपत्र...

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ । लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन दिनसम्मका लागि बन्द भएको छ । यस सडकखण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुर पहिरो नीर सडकखण्ड कालोपत्रे गर्नको लागि आज बिहान ११ बजेदेखि १४ गते बेलुका ६ बजेसम्म सडक बन्द गरिएको...

स्कुल बसको ठक्करबाट चार वर्षीय बालिकाको ज्यान गयो

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको ज्यान गएको छ । नेपाल नमुना मावि केउरेनीको लु १ क ३८१४ नं को बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीय बालिकाको...

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

रौतहट । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको ज्यान गएको छ । गौर-पिपरा सडकखण्डको राजदेवी नगरपालिका पथरामा प्र०२–०३–०१८प२३४६ र भारतीय नम्बरको बीआर ३० ए एफ२३७० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्गाभगवती गाँउपालिका-का अशोक महतो...

सुनसरीमा ट्रक पल्टिदा ५ जनाको ज्यान गयो : ३ जना घाइते, चालक फरार

सुनसरी । विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा आज बिहान पल्टिदा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरी बर्जु वडा...

बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै ज्यान गयो

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर जय पृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक...