राजनीति


संसद्‍मा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री...

पासपोर्ट प्रकरणमा आरजु राणा पनि तानिइन्, अख्तियारद्वारा बयानका लागि म्याद तामेल

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणको अनुसन्धानमा पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा पनि तानिएकी छिन् । राणालाई बयानका लागि म्याद तामेल गरेको छ । आयोगले राणाको घर ठेगानामा सूचना टाँस गरेर म्याद तामेल...

गण्डकी सरकारले सच्यायो पर्यटन मन्त्रालयको बजेट

पोखरा । गण्डकी प्रदेश सरकारले माफी माग्दै बजेट वक्तव्यमा उल्लेख भएको उद्योग तथा पर्यटन मन्त्रालयको बजेट रकम सच्याएको छ । असार १ गते सार्वजनिक गरिएको बजेटमा २ अर्ब रुपैयाँ उल्लेख गरिए पनि वास्तविक विनियोजन ९२ करोड ४९ लाख रुपैयाँ रहेको भन्दै अर्थमन्त्री...

बजेट कम भएकै कारण शिक्षा सुधार रोकिँदैन : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बजेट कम भएकै कारण शिक्षा क्षेत्रको सुधार नरोकिने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेको प्रश्नको छलफल दिँदै विद्यालय शिक्षा सुधार गर्न बजेटले मात्रै काम नगर्ने बताएका...

रास्वपाले तोक्यो महाधिवेशन प्रतिनिधित्वका लागि मापदण्ड

काठमाडौं । रास्वपाले आगामी साता चितवनमा हुन लागेको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्वका लागि मापदण्ड तोकेको छ । अधिवेशन हुन नसकेको मधेशबाट समेत प्रतिनिधित्व गराउनका लागि मापदण्ड तोकिएको हो । रास्वपाले महाधिवेशन आयोजक समिति गठन हुँदाको समयसम्म केन्द्रीय...

अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र पदाधिकारीहरूलाई नियन्त्रणमा लिएर दबाब दिएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा...

प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गर्ने वित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । सिंहदरबारस्थित संसद् भवनमा सुरु बैठकमा विपक्षी दलहरू...

आजदेखि लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियानसहितको सुझाव संकलन

बुटवल । नेकपा एमालेले सञ्चालन गरिरहेको पार्टी पुनर्गठन अभियान तथा निर्वाचन समीक्षा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय बैठक आजदेखि सुरु हुँदैछ । बागमती र कोशी प्रदेशपछि लुम्बिनी प्रदेशमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा सहभागी हुनका लागि पार्टीको केन्द्रीय...

प्रतिनिधिसभाको बैठक बस्दै, ९ मन्त्रीले जावाफदिने कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने कार्यसूची छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा सम्बन्धित...