सचिव गोविन्द शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्‍यो स्वीकृत

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा (अतिरिक्त समूह)मा थन्क्याइएका सचिव गोविन्द शर्माले पदबाट राजीनामा दिएका छन् ।

सचिव शर्माले साउन १ गते पेस गरिएको साउन ४ गतेबाट लागु हुनेगरी राजीनामा दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिए ।

प्रवक्ता अर्यालका अनुसार सचिव शर्माको राजीनामा साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ ।साउन २४ गते अनिवार्य अवकाशमा जान लागेका सचिव शर्माले त्यसको ३ साता अगाडि १ गते नै राजीनामा दिएका हुन् ।

  • ८ श्रावण २०८३, शुक्रबार ११:३५ प्रकाशित