काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौं बैठक साउन १० गते बस्ने भएको छ।
पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा शुक्रबार जारी सूचनाअनुसार बैठक बिहान ११ः३० बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी।पी। स्मृति भवन, बीपी नगरमा आयोजना हुनेछ।
बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकको कार्यसूचीमा प्रारम्भमा शून्य समय, बीपी स्मृति दिवसका अवसरमा आयोजित ‘ट्रि रन’ तथा अन्य कार्यक्रमहरूको समीक्षा, उपसमितिहरूको कार्ययोजना प्रस्तुति, थप उपसमिति विस्तार तथा समसामयिक र विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।












