राजनीति


समानुपातिक प्रणालीतर्फ आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी

काठमाडौं। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नं। १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र २...

गोरखा १ मा मतगणना नसकिँदै रास्वपाका सुदन गुरुङको जित निश्चित

काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङको जित निश्चित भएको छ । ६४ हजार मत खसेको उक्त क्षेत्रमा ५३ हजार बढी मतगणना हुँदा सुदन गुरुङले २४ हजार ५१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले...

अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणमा गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एकीकृत सेवा कार्यालय कास्कीले...

कठिन परिस्थितिमा निर्वाचन सम्पन्न हुनु ऐतिहासिक जित : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुलाई नेपाली जनता, संविधान र राष्ट्रकै ऐतिहासिक जितका रूपमा व्याख्या गरेकी छिन्। ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतबार सिंहदरबारमा आयोजित विशेष...

धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

काठमाडौं। निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार आजै धनुषा जिल्ला क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत (कानून) अरुण अधिकारीले बताए। आयोगले यही फागुन १८ गते...

कैलाली–२ मा रास्वपाका २६ वर्षीय केपी खनाल विजयी

कैलाली । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित भएका छन् । २६ वर्षीय उनले सो क्षेत्रबाट १९ हजार ५७ मत ल्यायी विजयी हासिल गरे । निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले भन्दा खनालले ७ हजार...

हालसम्म समानुपातिकमा रास्वपाले १९ लाख मत कटायो : अरू दलले कति ल्याए ?

काठमाडौं। यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ । समानुपातिकतर्फ आइतबार  (फागुन २४) दिउँसो २ः ३० बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १९...

१५० क्षेत्रको नतिजा सार्वजनिक, १५ क्षेत्रमा मतगणना जारी

काठमाडौं । प्रतिनिधि सभाका १६५ मध्ये १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । बाँकी १५ क्षेत्रमा मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार १५० क्षेत्रको नतिजा आउँदा रास्वपा एक्लैले ११६ स्थानमा जित हासिल गरेको छ। मतगणना जारी रहेका १५ मध्ये...

मुगुमा कांग्रेसका शाही विजयी

काठमाडौं । गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग शाही निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायालाई पराजित गरेका हुन् । शाहीले ७ हजार ९१४ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी...