समाचार


साताको अन्तिम दिन आज यस्तो छ डलरको भाउ (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर र युरोको भाउ बढेको छ । आज एक डलरको खरिददर १२७ रुपैयाँ १८ पैसा र बिक्रदर १२७ रुपैयाँ ७८ पैसा रहेको छ । हिजो एक डलरको खरिददर १२६ रुपैयाँ ८२ पैसा र...

कृष्ण जन्माष्टमी पर्वले सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा मिलोस् : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश प्रवाह गरेकी छिन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै यस पर्वको धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको उल्लेख गरेकी छिन् । धार्मिक दृष्टिमा...

एका बिहानै दुर्घटना : २ जनाको मृत्यु

चितवन । चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बिहान करिब ३ बजेको समयमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । काठमाडौंबाट नारायणगढतर्फ...

आज श्रीकृष्ण जन्माष्टमी पर्व, देशभर सार्वजनिक विदा

काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा...

माछा मार्ने क्रममा करेन्ट लाग्दा बाबु–छोराको मृत्यु, आमा घाइते

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु...

यी दुई ठूला जलविद्युत् आयोजना भारतीय कम्पनीलाई दिइँदै

काठमाडौं । नेपालका दुई ठूला जलविद्युत आयोजना आज भारतीय कम्पनीलाई दिइने भएको छ । आज बिहीबार ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी ९एसआर० ६ जलविद्युत् आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई अध्ययनको लागि अनुमति...

प्रभु बैंकको संस्थापक सेयर खुल्दै

काठमाडौं । प्रभु बैंकले १० भदौदेखि संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको छ ।बैंकले १० भदौदेखि संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १४० रुपैयाँ तोकेको छ । लगानीकर्ताले...

बसले अटोलाई ठक्कर दिंदा ३ जनाको मृत्यु

रौतहट । रौतहटमा बसले रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका २ अन्र्तगत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बस दुर्घटनामा परेको हो । बागमती प्रदेश ०३-००१ ख २०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ...

आज डलरको भाउ कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार एक डलरको खरिददर १२६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४२ पैसा रहेको छ । आज एक युरोको खरिददर १२८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा रहेको छ । एक अस्ट्रेलियन...