यी दुई ठूला जलविद्युत् आयोजना भारतीय कम्पनीलाई दिइँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालका दुई ठूला जलविद्युत आयोजना आज भारतीय कम्पनीलाई दिइने भएको छ ।

आज बिहीबार ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी ९एसआर० ६ जलविद्युत् आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई अध्ययनको लागि अनुमति दिइने भएको हो ।

लगानी बोर्ड नेपालले प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा भारतीय कम्पनी एनएचपीसी लिमिटेड, इन्डियालाई अध्ययन अनुमतिपत्र दिने समझदारीपत्रमा हस्ताक्षर हुँदैछ ।

२३ साउन बोर्डले समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो । चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको आयोजना एनएचपीसीलाई दिन सरकारले गत चैत २०७८बाटै गृहकार्य गरिरहेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनावअघि डडेल्धुराको सदरमुकाममा आयोजित चुनावी सभामा नै यो विषय खुलासा गरेका थिए । ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि भारतसँग कुरा भइरहेको उनको भनाइ थियो । उनले नेपाल एक्लैले पश्चिम सेती बनाउन नसक्ने भएकाले भारतीय कम्पनी नै ल्याउनुपर्ने प्रष्टीकरण दिएका थिए ।

  • २ भाद्र २०७९, बिहीबार १२:५९ प्रकाशित