अन्तराष्ट्रिय


डब्लुएचओका महानिर्देशक भोली नेपाल आउँदै

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आउँदै छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । वैशाख ८ देखि १० गतेसम्म उनले...

चीनको सांघाईमा फेरि फैलिदैं कोरोना संक्रमण : तीन दिनमा १७ जनाको मृत्यु

चीन । चीनको सांघाईमा कोभिड संक्रमण फैलिन थालेको छ । आज बुधबार मात्र थप सात जनाको कोरोना संक्रमणबाट ज्यान गएको चिनियाँ समाचार संस्थाहरुले जनाएका छन् । योसँगै तीनदिनमा सांघाईमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार...

श्रीलंकामा प्रहरीले चलायो प्रदर्शनकारीमाथि गोली , १ को मृत्यु, २४ घाईते

काठमाडौं । आर्थिक संकटमा परेको श्रीलंकामा प्रदर्शनकारीमाथि गोली चलेको छ। इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् । प्रदर्शनकारीलाई नियन्त्रण...

‘हाइपरसोनिक’ विमान बनाउँदै चीन, तीन वर्षभित्र परीक्षण उडानको तयारी

सीएनएन । चीनले हाइपरसोनिक विमान बनाइरहेको छ। बेइजिङमा आधारित स्पेस यात्रासम्बन्धी कम्पनी लिङकङ टिआनशिङले प्रति सेकेन्ड १.६ किलोमिटरको गतिमा यात्रा गर्नसक्ने व्यावसायिक विमान बनाइरहेको सीएनएनले जनाएको छ। यो भनेको चीनको शाङ्घाई सहरबाट अमेरिकाको न्युयोर्कसम्म...

गएको २४ घण्टामा युक्रेनका दर्जनौं सहरमा रुसको भयानक आक्रमण

एजेन्सी । रुसले युक्रेनका विभिन्न सहरमा फेरि आक्रमण तीव्र पारेको छ । गएको २४ घण्टामा रुसले युक्रेनमा भयानक आक्रमण गरेको युक्रेनी अधिकारीले जनाएका छन् । रुसी फौजले सोमबार युक्रेनी राजधानी किभसहित कम्तीमा ३ सय स्थानमा आक्रमण गरेको बीबीसीले जनाएको छ । रुसी...

दक्षिण अफ्रिकामा बाढी र पहिरोमा परेर चार सय जनाको मृत्यु

दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको ज्यान गएको र दशौं हजार घरबारविहीन भएका छन् । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् । बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले...

श्रीलंकाले भन्यो : ‘विदेशी ऋण तिर्दैनौ’,विश्वव्यापी टिकाटिप्पणी

काठमाडौँ । श्रीलंकाको अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदेशी ऋण नतिर्ने घोषणा गरेको छ। मन्त्रालयले आज विज्ञप्ति निकाल्दै आन्तरिक अवधिका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको छ । मंगलबार विदेशी ऋण नतिर्ने आशयसहित अर्थ मन्त्रालयले जारी गरेको...

मेक्सिकोमा ४ बालबालिकासहित एकै परिवारका आठ जनाको हत्या

एजेन्सी । मेक्सिकोमा एकै परिवारका आठ जनाको गोली हानी हत्या गरिएको छ। मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जनाको हत्या भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ। सोमबार भएको उक्त हत्यामा मारिएकामध्ये छ जना महिला र दुई पुरुष छन्। त्यस्तै...

रामनवमीको दिन भारतका चार राज्यमा झडप, एकको मृत्यु

काठमाडौं । रामनवमीको अवसरमा भारतमा झडप भएको छ । भारतको विभिन्न चार राज्यमा रामनवमीको अवसरमा निकालिएको र्यालीमा साम्प्रदायिक झडप भएको हो। झडपमा परि गुजरातमा एकजनाको मृत्‍यु भएको छ । गुजरातको खाम्बात शहरमा भएको झडपमा अन्दाजी ६५ वर्षी य वृद्धको मृत्‍यु भएको...