अन्तराष्ट्रिय


मालदिभ्सको संसदमा झडप, सांसद घाइते

एजेन्सी । मालदिभ्सको संसदमा झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते समेत भएका छन् । चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग...

उत्तर कोरियाद्वारा क्रुज मिसाइल प्रहार

सोल । उत्तर कोरियाले आफ्नो पूर्वीय तटबाट कयौँ क्रुज मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । पछिल्ला महिनाहरूमा उत्तर कोरियाले कयौँ पटक मिसाइल परीक्षण गरेको छ जसले कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । आइतबार सिनपो बन्दरगाह नजिकैबाट मिसाइल...

डोनाल्ड ट्रम्पले लेखिका ई जिन क्यारोललाई ८ करोड ३३ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने आदेश

एजेन्सी अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लेखिका ई जिन क्यारोललाई ८ करोड ३३ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने आदेश एक जुरीले दिएको छ । क्यारोलले सन् १९९० को दशकमा ट्रम्पले आफूलाई डिपार्टमेन्ट स्टोरमा यौन हिंसा गरेको बताएकी थिइन् । ट्रम्प...

हत्या र आगजनीको आरोपमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

टोकियो । जापानमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ । चर्चित क्योटो एनिमेसन स्टुडियोमा सन् २०१९ मा आगजनी गरेको आरोपमा जापानको अदालतले एक ४५ वर्षीय पुरुषलाई मृत्युदण्डको सजाय सुनाएको छ । जापानमा २० वर्ष यताकै सबैभन्दा ठुलो सामूहिक हत्याकाण्डको...

युक्रेनले सैन्य विमान खसालेको रुसको आरोप

मस्को । रुसको विदेश मन्त्रालयले युक्रेनले सैन्य विमान खसालेको आरोप लगाएको छ । युक्रेनको सीमावर्ती बेल्गोरोड क्षेत्रमा रुसी सैन्य विमान इलुसिन–७६ दुर्घटनाग्रस्त भएको थियो । स्थानीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले विमान कोरोचान्स्की जिल्लामा दुर्घटनाग्रस्त...

युक्रेन नजिक रुसी विमान दुर्घटना, ६५ जनाको ज्यान गयो

किभ । युक्रेनी सीमामा रहेको बेलगोरोद क्षेत्रमा रुसको एउटा सैन्य विमान दुर्घटनामा परेको छ ।इल्युशिन–७६ विमान बुधबार दुर्घटनामा परेको भन्दै रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ । ‘युद्ध मिसन पूरा गरेर बेलगोरोद...

भागेका सेनालाई लिन आएको म्यानमारको विमान भारतमा दुर्घटनाग्रस्त

मिजोरम । भारतीय सीमामा म्यानमारको एउटा विमान दुर्घटना भएको छ । विमान म्यानमार सेनाको भएको बताइएको छ । दुर्घटनाको बेलामा विमानमा १४ जना सवार थिए । विद्रोहीहरूको हमलाबाट बच्नका लागि भागेर भारत आएका सेनाहरूलाई फर्काउन उक्त विमान आएको थियो । विमान मिजोरममा...

अमेरिका र बेलायतद्वारा हुथी विद्रोहीमाथि पुन: हवाई आक्रमण

वासिङ्टन । अमेरिका र बेलायतले यमनमा हुथी विद्रोहीको स्थानमा फेरि हवाई आक्रमण सुरु गरेका छन् । पेन्टागनले सोमबारको आक्रमणले आठवटा लक्ष्यलाई लक्षित गरेको बताएको छ जसमा भूमिगत भण्डारणका साथै हुथी विद्रोहीहरूको मिसाइल र निगरानी क्षमताहरू समावेश छन्। इरान...

युक्रेनको डोनेस्क सहरमा बमबारी, कम्तीमा २५ जना मारिए

डोनेस्क । रुस नियन्त्रित पूर्वी युक्रेनको डोनेस्क सहरको भीडभाड भएको बजारमा बमबारी हुँदा २५ जना मारिएका छन् । यस क्षेत्रका रुस समर्थक नेता डेनिस पुशिलिनले युक्रेनी आक्रमणमा अन्य २० जना घाइते भएको बताएका छन् । यो सहर युद्ध मोर्चाबाट २० किलोमिटर टाढा...