ब्यानर न्युज


राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्किने भएका छन् । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए । भ्रमणको...

रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव...

तीन प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

पोखरा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ ।   कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली...

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । आज (बिहीबार) र भोलि (शुक्रबार) बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। हरेक वर्ष २ कात्तिक र ३ कात्तिक तथा ६ वैशाख र ७ वैशाखमा नेपालमा यो कार्यक्रम सञ्चालन...

अन्तिम खेलमा पनि युएईसंग नेपाल पराजित

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तरगत बुधबार दुबईमा भएको अन्तिम खेलमा नेपालमाथि युएईले ४ विकेटको जित निकालेको छ । यससंगै यो सिरिजमा नेपाल जितबिहीन बनेको छ । सिरिजमा नेपालले युएई र अमेरिका...

नेपाली कम्युनिस्ट पार्टीको औपचारिक घोषणा : संयोजकमा प्रचण्ड, सहसंयोजक माधव

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक घोषणा गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । त्यस्तै पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ ।नेता...

कांग्रेसमा नियमित महाधिवेशन पक्षधरले भोलिका लागि बोलायो भेला

काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौंमा भेला आयोजना गर्दैछ ।विशेष महाधिवेशन पक्षधरले भेला गरेपछि नियमित महाधिवेशन पक्षधर नेताहरूले पनि बिहीबार भेला आह्वान गरेका हुन् । भेला आयोजकमध्येका एक नेताका अनुसार बिहीबार बिहान साढे...

नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले जितका लागि यूएई सामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईको आईसीसी एकेडेमीमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रनको...

अब कहिल्यै नफुट्ने संकल्प लिएर अघि बढौं : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब कहिल्यै पनि नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा पुगेका नेता खनालले अब नफुट्ने संकल्प लिएर अघि बढ्नुपर्ने बताए ।‘यहाँ आज एकताका...