ब्यानर न्युज


आज राष्ट्रिय मगर एकता दिवस

नवलपरासी । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । यता गण्डकी प्रदेशका जिल्लाहरुमा...

आज यी स्थानमा हुनेछ मेघ गर्जनसहित हल्का वर्षा

पोखरा । हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकि भागमा मौसम मुख्यतया सफा छ । तराइका थोरै स्थानमा हुस्सु/कुहिरो...

मैले ०६४ कै झल्को पाएको छु : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी २०६४ कै अवस्थामा फर्किने दाबी गरेका छन् । विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्लो समय झापा र मोरङ धेरैपटक आउँदा ०६४ कै झल्को देख्ने गरेको...

एमालेको सचिवालय बैठक फागुन १८ गते

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा .भिष्म अधिकारीका अनुसार १८ फागुन दिउँसो २ बजे सचिवालय बैठक तय भएको हो । सचिवालयको एजेन्डा १७ गतेको केन्द्रीय कार्यालय बैठकले तय गर्नेछ ।  

विदेशी सहायता पुन : सुरू गर्न ट्रम्पलाई अदालतले दियो २ दिनको समयसीमा

काठमाडौं । अमेरिकाको एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई विदेशी सहायता पुनः सुरु गर्न २ दिनको समयसीमा दिएको छ । समाचार संस्था रोयटर्सका अनुसार सुनुवाइका क्रममा अमेरिकी जिल्ला न्यायाधीश अमिर एच। अलीले २ हप्ता अगाडि नै आदेश...

सराङकोटमा आजबाट धार्मिक पर्यटन महोत्सव, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

पोखरा । आज देखि पोखराको प्रशिद्ध धार्मिक एवं पर्यटकीय स्थल सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव सुरु हुँदैछ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा हुन लागेको महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव २१ फागुनसम्म...

आज महाशिवरात्रि, देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो

काठमाडौं । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको...

गण्डकीसहित यी तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्विनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मूख्यतया सफा रहेको छ । तराइका थोरै भू-भागहरुमा...

विष सेवन गरेका मन्त्रीका स्वकीय सचिव रवि थापाको ज्यान गयो

काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ । सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । थापाले सोमबार आफ्ना साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा...