ब्यानर न्युज


ओलीलाई झापामा रास्वपाका कार्यकर्ताले देखाए कालो झण्डा

झापा । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । आइतबार झापाको मेचीनगर इट्टाभटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन्...

रवि लामिछानेलाई अझै ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । सहकारी ठगी आरोपमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो । लामिछानेलाई थप १३ दिन हिरातसमा...

त्रिशुलीमा ग्याँस बुलेट खस्यो, चालक सम्पर्कमा

काठमाडौं । आइतबार बिहान धादिङस्थित कृष्णभिरबाट ग्याँस बुलेट त्रिशुलीमा खस्दा सम्पर्कबिहिन भएका चालक सम्पर्कमा आएका छन् । एनएल-०२ एल-३९०७ नम्बरको भारतीय ग्यास बुलेट काठमाडौंतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ...

लिलाबल्लभ अधिकारीबारे दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ

काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलविरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुने भएको छ । यसअघि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली...

आज केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज र भोलि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातसँगै जाडो पनि बढाउने भएको हो । आज बिहानैदेखि तराई तथा उपत्यका धेरै...

सुदूरपश्चिमको लगातार तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जितेको छ । सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो । सुदूरपश्चिमले लगातार तेस्रो जित निकाल्दा लम्बिनी लायन्स भने लगातार तेस्रो हार बेहोरेको छ । आज भएको पहिलो खेलमा लुम्बिनी...

फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा सङ्कटमा

पोखरा । पोखरा–१८ खपौंदी निवासी ८० वर्षीया मिश्री जलारी जीवनको उत्तरार्धमा पनि फेवातालका माछा बिक्री गर्न पोखरा बजार पुग्छन् । जाल थापेर निस्केका माछा बिक्री गर्न उनी पोखरा बजारमा जान थालेको पनि ६७ वर्ष बितिसकेको छ । उनले भने, ‘तेह्र वर्षको उमेरमा...

लुम्बिनी लायन्सलाई सुदूरपश्चिम रोयल्सले दियो १८८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिले जारी खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको हो । सुदूरपश्चिमका...

कोशीको पहाडी भागमा हल्का वर्षा हुने, तराईमा हुस्सु

पोखरा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । साथै देशको तराई भू-भागका...