ब्यानर न्युज


आजदेखि सुरु हुँदै गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । यही ८ माघमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले आजबाट सुरु हुनेगरी बैठक डाकेका हुन् । प्रदेश सभाको बर्खे अधिवेशन ८ असोजमा अन्त्य भएको थियो । वर्षे...

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भू-भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी...

आज वसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै

पोखरा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन आज सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न...

पत्रकार बरालले ताल र सिमसार क्षेत्रमा खिचेका तस्बिर प्रदर्शनी

पोखरा । विश्व सिमसार दिवसको अवसर पारेर फेवाताल किनारमा पोखरामा पत्रकार कृष्णमणि बरालले खिचेका तस्बिरहरु सार्वजनिक गरिएको छ । लामो समयदेखि वातावरण र गिद्ध संरक्षणको क्षेत्रमा कलम चलाइरहेका पत्रकार बरालले विभिन्न समयमा खिचेका फेवाताल र यसको पर्यावरणसंग...

पोखराबाट पहिले जस्तो हिउँ नदेखिएकोमा देउवाको चिन्ता

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखराको सुन्दरताको बयान गर्दै माछापुच्छ्रेमा हिउँ नदेखिएको प्रति चिन्ता व्यक्त गरेका छन् । पोखरामा आइतबार कांग्रेसको पोखरा महानगर समितिको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका...

नेदरल्यान्ड्ससगँ नेपाल १५ रनले पराजित

नेपाल वुमन्स टी-२० अन्तर्राष्ट्रिय ट्राइ–सिरिजमा नेपालले लगातार हार व्यहोरेको छ।नेदरल्यान्ड्ससँगको दोस्रो खेलमा आइतबार पनि नेपाल १५ रनले पराजित भएको हो। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर नेदरल्यान्ड्सले १४१ रनको लक्ष्य दिए...

राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले आजको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । साथै उनीहरूले अछामको ढकारी गाउँपालिकामा केहीदिन अघि दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य...

फेवातालमा माछाका २५ हजार भुरा छाडियो

पोखरा । विश्व सिमसार दिवसको सन्दर्भ पारेर पोखराको फेवातालमा माछाका भुरा छाडिएको छ । स्थानीयको आयआर्जनमा सघाउ पु¥याउदै फेवातालको पर्यवारणीय सन्तुलन बढाउनका लागि पोखरा महानगरपालिका–६ को वडा स्तरीय बजेटबाट तालमा २५ हजार माछाका भुरा छाडिएको हो । आइतबार...

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्ने भएको छ । दिउँसो १: १५ बजे सङ्घीय संसद् भवनमा बैठक बस्नेछ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले तिलगंङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदनु...