पोखरा ।
विश्व सिमसार दिवसको सन्दर्भ पारेर पोखराको फेवातालमा माछाका भुरा छाडिएको छ । स्थानीयको आयआर्जनमा सघाउ पु¥याउदै फेवातालको पर्यवारणीय सन्तुलन बढाउनका लागि पोखरा महानगरपालिका–६ को वडा स्तरीय बजेटबाट तालमा २५ हजार माछाका भुरा छाडिएको हो ।
आइतबार सिल्भर कार्प, विगहेड, ग्रास कार्प, रहु, र नैनी जातका माछाका भुरा तालमा छाडिएको हो । माछाका भुरा छाड्दै पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पर्यवरणीय संन्तुलनका साथै फेवाताललाई जिवन्त तुल्याउँदै स्थानीय जलारी समुदायको पेशाको समेत संरक्षण गर्न वडाको तर्फबाट सहयोग गरिएको बताए ।
वडाध्यक्ष भट्टराईले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गदै ब्राण्डिङ गर्नु पर्ने बताए ।फेवातालको माछा संरक्षण र ब्राण्डिङ गर्न सके तालमा आश्रित जलारी समुदायको जीवन आर्थिक रूपमा सबल हुने उनको भनाई छ । उनले आफु सधैं ताल र सिमसार क्षेत्रको संरक्षका लागि लागिरहने प्रतिवद्धता समेत जनाए ।
वडा नम्बर ६ को एक लाख ५० हजार रुपैयाँ सहयोगमा बगनास मत्य अनुसन्धान केन्दबाट ति माछाका भुरा ल्याइएको हो । सो अवसरमा स्थानीय जलारी समुदाय, आमा समूह र स्थानीयकोे उपस्थिति थियो ।