ब्यानर न्युज


आज नेप्से ६.९४ अंकले बढ्यो, सेयर कारोबार ३ अर्बमुनि

काठमाडौं । बिहीबार सेयर बजार ६.९४ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २७१८ अंकमा कायम भएको छ । जुन अंक दिनभरको अधिकम अंक पनि हो । केही दिनयता बजारको उतारचढाव न्यून भएको छ । अघिल्लो दिन बुधबार १.६४ अंक घटेको थियो भने मंगलबार ८ अंक बढेको थियो...

काठमाडौंका १९ सुकुम्बासी बस्ती खाली गरियो

काठमाडौं । काठमाडौंका १९ सुकुम्बासी बस्ती खाली गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरण अनुसार सुकुमबासी बस्ती खाली गराउने अभियानअन्तर्गत २ हजार ६८७ घरटहरामा डोजर चलाइएको हो । जसमा ८९० पक्की र १७९७ कच्ची छन् । प्रशासनको तथ्यांक अनुसार...

आज सुनको भाउ कति छ ?

काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको...

पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूले गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । पूर्वराष्ट्रपति डा‍.रामवरण यादव लगायत पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सरोज न्यौपानेले बिहीबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा पूर्वराष्ट्रपति...

संबैधानिक परिषद्को बैठक आज बस्दै

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्दैछ । संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले आजका लागि बैठक बोलाएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री...

आज यी चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त

काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा.डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको...

देउवा दम्पतीविरुद्ध इन्टरपोलले माग्यो थप कागजात

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा.आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि इन्टरपोलले थप कागजात माग गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले...

गण्डकीमा सार्वजनिक यातायातका साधनको भाडा समायोजन

पोखरा । गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन र ढुवानीका साधनको भाडा समायोजन गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज (बुधबार) देखि लागू हुने गरी भाडा समायोजन गरेको हो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय,...