ब्यानर न्युज


चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको ज्यान गयो

चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । आज बिहान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको ज्यान गएको हो । उनीहरुको उपचारका...

सभामुखले बोलाएको बैठकमा यी चार दल सहभागी भएनन्

काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनःस्थापनाबारे छलफल गर्न बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०सहितका चार दल सहभागी भएनन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा जारी बैठकमा सभामुखले १० राजनीतिक दललाई बोलाएकोमा चार दल अनुपस्थित...

छिट्टै सेवा दिने तयारीमा जिल्ला मालपोत कार्यालय कास्की

पोखरा । जिल्ला मालपोत कार्यालय कास्कीले छिट्टै आफ्नो सेवा सञ्चालनमा ल्याउने भएको छ । नेपाल कानुन व्यवसायी एसोसिएसन पोखरा इकाईको सहयोगमा दुई वटा कार्यालय भवन निर्माण भएर हस्तान्तरण भएसंगै कार्यालयले तिहार अगाडि नै आफ्नो अत्यावस्यकीय सेवा सञ्चालनमा ल्याउने...

मधेश प्रदेशमा कांग्रेस-एमाले बाहेकको सरकार बनाउने कसरत

काठमाडौं । मधेस प्रदेशमा कांग्रेस-एमालेलाई बाहेकको सरकार गठनको तयारी भएको छ । जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले मंगलबार राजीनामा दिएपछि मधेसमा नयाँ सरकार गठनको लागि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत...

कोशीका केही स्थानमा पानी पर्ने, अन्यत्र कस्तो रहला मौसम ?

पोखरा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी...

फोरेन्सिक जाँचबाट विपिन जोशीसहित दुई जनाको शव पुष्टि

काठमाडौं । इजरायल डिफेन्स फोर्सले फोरेन्सिक जाँचबाट नेपाली विपिन जोशीसहित दुई जनाको शव पुष्टि भएको जनाएको छ । हमासको नियन्त्रणमा मारिएका इजरायली नागरिक गाय इलौज र नेपाली विद्यार्थी विपिन जोशीको शव प्राप्त भएपछि फोरेन्सिक जाँच हुँदा उनीहरूको शव पुष्टि...

कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारसम्म स्थगित

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारसम्म स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो । यसैबीच देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको...

जेनजी आन्दोलनमा कुटिएका देउवा दम्पती पहिलो पटक सार्वजनिक भए

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते कुटपिटबाट घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा आज पहिलो पटक सार्वजनिक भएका छन् । केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका देउवा दम्पती पहिलो पटक मंगलबार...

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ : ३९ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा...