ब्यानर न्युज


सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले बुझायो ४५ पेजको प्रतिवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वन्यायाधीश अच्युतम प्रसाद भण्डारीले थपिएको समय अगावै छानबिन प्रतिवेदन शुक्रबार सरकारलाई बुझाएको...

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जादैं एमाले

काठमाडौं । नेकपा एमाले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने भएको छ । एमाले महासचिव शङ्कर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गते भएको घटनाबारे तयार पारेको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र...

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।भारतीय विदेशमन्त्री डा.एस. जयशङ्करको निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्। नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री...

बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी

काठमाडौं । सरकारले अध्ययन तथा असाधारण बिदा सकिएपछि पनि कार्यक्षेत्रमा नफर्कने र सम्पर्कविहीन हुने निजामती कर्मचारीहरूलाई ३ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता...

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा परे

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा परेका छन्। हिजो भएको उक्त दुर्घटनापछि उनको स्वास्थ्य अवस्था अहिले सामान्य र सुधारोन्मुख रहेको छ। दुर्घटनामा उनलाई सामान्य चोटपटक मात्र लागेको र उनी आफ्नो नियमित दैनिकीमा सदाझैँ सक्रिय...

कुनै दुबिधा नहोस्, बसपार्क खाली हुन्छ : मेयर आचार्य

पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित पोखरा बसपार्कमा रहेका भौतिक संरचना हट्ने र बसपार्क निर्माण प्रक्रिया अगाडि बढ्नेमा कुनै दुविधा नपाल्न आग्रह गरेका छन् । उच्च अदालत पोखराले पोखरा बसपार्कका घर तथा अन्य भौतिक...

आज यी स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल जसको प्रभावले कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया...

मलेसियामाथि नेपालको शानदार जित

काठमाडौं। एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियाविरुद्ध सहज जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले मलेसियालाई १६७ रनले हराउँदै समूह विजेता बनेर एसियन गेम्समा स्थान बनाएको हो।नेपालले प्रस्तुत गरेको २ सय ७६ रनको लक्ष्य पछ्याएको मलेसियाले...

राप्रपा पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)

काठमाडौं। राप्रपाका केही पदाधिकारीसहित १८३ जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठसहितका...