सरकारको मुख्यसचिवमा गोविन्द कार्की नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

वर्तमान मुख्यसचिव सुमनराज अर्याल असार २६ गते अनिवार्य अवकासमा जाने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो । मुख्यसचिव नियुक्त रहेका कार्की हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहँदै आएका थिए ।

  • २४ असार २०८३, बुधबार १६:५८ प्रकाशित