काठमाडौं ।
मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको छ । अघिल्लो दिन २४ अंक बढेकोमा आज ३० अंक घटेसँगै नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । कारोबार रकम बढेको छ ।
अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ८२ करोडको भयो । आज दिनभरजसो बजार रातो रह्यो । २५ कम्पनीको मूल्य बढ्दा २४७ को घट्यो भने ५ को स्थिर रह्यो ।













