ब्यानर न्युज


एमाले नेता बस्नेत माथि विराटनगरमा लोला प्रहार

पोखरा । नेकपा एमालेका नेता महेश बस्नेतमाथि विराटनगरमा लोला प्रहार भएको छ । सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन आइतबार विराटनगर पुगेका बस्नेतमाथि विमानस्थलबाहिर लोला हानिएको हो । विराटनगर विमानस्थलमा अवतरण गरेलगत्तै उनलाई सशस्त्र प्रहरी...

आइतबार सुन र चाँदी दुबैको भाउ बढ्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार सुन र चाँदी दुबैको भाउ बढेको छ । शुक्रबारको तुलनामा सुन प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सार्वजनिक गरेको मूल्य सूची अनुसार सुन प्रतितोला दुई लाख ४४ हजार छ सय रूपैयाँमा...

प्रगतिशील लोकतान्त्रिक पार्टीले आज एकता घोषणा सभा गर्दै

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले आज बृहत एकता घोषणा सभा गर्ने भएको छ । नेपाली कम्युनिस्ट पार्टीमा एकता प्रक्रियामा सामेल नभएका तत्कालन माओवादी केन्द्रका नेता जनार्दन शर्माको पहलमा स्थापित सो पार्टीले काठमाडौंको राष्ट्रिय सभागृहमा आज दिउँसो...

कार्की नेतृत्वको सरकार अराजकतामा आधारित उत्पातबाट सृजना भएको हो : अध्यक्ष ओली

पोखरा । गत २३ र २४ भदौमा भएको जेन्जी आन्दोलनका कारण उत्पन्न परिस्थितिबाट सत्ताच्युत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको बैधता माथि प्रश्न उठाएका छन् । नेकपा एमालेले शनिबार संघीय राजधानी काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन...

संघीय राजधानी काठमाडौंमा एमालेको शक्ति प्रदर्शन

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरिएको नेकपा एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो । प्रतिनिधिसभा विघटन विरुद्ध र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको...

जेनजीसंग पेरिसडाँडामा नेपाली कम्युनिस्ट पार्टीको कार्यक्रम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले जेनजीसँग आयोजना गरेको कार्यक्रम पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, जगन्नाथ खतिवडा लगायत बाक्लो संख्यामा नेता...

६ दिनसम्म पोखरा मुग्लिङ सडक निश्चित समयका लागि बन्द

पोखरा । पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक खण्ड ६ दिनसम्मका लागि निश्चित समयका लागि बन्द भएको छ । पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुँदा आजदेखि ११ मसिंरसम्म दैनिक चार घण्टा बन्द हुने भएको हो । मुग्लिन–पोखरा सडक...

आज काठमाडौंमा शक्ति प्रर्दशन गर्दै एमाले

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा विघटन विरुद्ध र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोधमा काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा मार्फत आज शक्ति प्रर्दशन गर्दैछ । बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे प्रदर्शनीमार्ग...

२१ फागुनको निर्वाचनका लागि हालसम्म ३५ दल दर्ता

काठमाडौं । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म ३५ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म ३५ वटा राजनीतिक दल दर्ता भएका हुन् । आयोगले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि १० मंसिरसम्म दल...