प्रमुख समाचार


भन्सार विभाग र एजेन्टबिच सहमति

काठमाडौं । भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिबिच बुधवार भएको वार्तामा सहमति जुटेको छ। यो सहमतिसँगै देशभरका भन्सार कार्यालयहरू तत्काल खोल्न भन्सार एजेन्टहरू सहमत भएका छन्। बुधबारको वार्तामा भन्सार ऐनको दफा ७१ 'झ'मा रहेको जरिवानासम्बन्धी...

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

पोखरा। कास्की प्रहरीले पोखरा महानगरपालिका ५ स्थित तमु समाजको भवनबाट जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सोही महानगरपालिका ५ मालेपाटन बस्ने ५९ वर्षीय कुल प्रसाद गुरुङसमेत...

दार्चुलाको कालापानी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दार्चुला केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ । दार्चुलाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बरिष्ठ भूकम्पविद् डा.लोकबिजय अधिकारीले ...

सबैजसो विदेशी मुद्राको भाउ घट्यो

पोखरा । आज बुधबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । यी सबै मुद्राको भाउ हिजो बढेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...

ओलीबाट महिलाप्रति अपमानमात्रै भयो, यस्तो नेतृत्व चाहिँदैन : अष्टलक्ष्मी

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरूलाई सधैं अपमान गरेको आरोप लगाएका छन् । एमालेको ११ औं महाधिवेशन सन्दर्भमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएकी हुन् । ओलीले पूर्वराष्ट्रपति...

प्रतिनिधिसभा निर्वाचनका लागि गगन थापाको नाम रोल्पाबाट सिफारिस

काठमाडौं । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस गरिएको छ । कांग्रेस जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले महामन्त्री थापाको नाम आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा...

भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल आवश्यक : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलुकद मन्त्री विन्दु कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल हुन आवश्यक भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना र सुशासनका लागि नागरिक...

क्रियाशील सदस्यताबारे कांग्रेसकार्यवाहक सभापति र महामन्त्रीद्वयले जिल्ला सभापतिहरूसँग छलफल गर्ने

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काका साथै महामनत्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको क्रियाशील सदस्यता नवीकरण र वितरणको सम्बन्धमा जिल्ला सभापतिहरूसँग भर्चुअल संवाद गर्ने भएका छन् । बुधबार बिहान ८ बजेदेखि ७७ वटै...

मंसिर २५ देखि यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता हुने

पोखरा । पोखरामा हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामि मंसिरको २५ देखि पुषको ६ गते सम्म पोखरा क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो । हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका...