प्रमुख समाचार


पोखरामा शुक्रबारदेखि डेटा ड्रिभन जर्नालिज्मको एड्भान्स कोर्सको तालिम सुरु

पोखरा । गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा पोखरामा शुक्रबारदेखि डेटा ड्रिभन जर्नालिज्मको एड्भान्स कोर्सको तालिम सुरु भएको छ । सेन्टर फर मिडिया रिसर्च, नेपालको प्राविधिक सहयोगमा सुरु तालिम ६ दिनसम्म सञ्चालन हुनेछ । प्रेस रजिष्ट्रार...

राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाको बैठकले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधि सभाबाट विभिन्न संशोधनहरूसहित फिर्ता आएको सो विधेयकलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले...

सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

  काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास ९एलपिजी०को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित ‘दैनिक...

‘हामी प्रतिपक्षी हौँ, विरोधी होइनौँ’ : शाही

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारको ६ महिने कार्यकालमाथि प्रश्न उठाउँदै भ्रष्टाचार नियन्त्रण र अपराधीमाथि कारबाही गर्न ढिलाइ नगर्न चेतावनी दिएका छन्। प्रतिनिधि सभाको शुक्रबारको...

आज सुनको मूल्य बढ्यो

काठमाडौं । साताको कारोबारको छैठौ दिन शुक्रवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले बढेको हो । आज सुनको मुल्य २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।हिजो सुन प्रतितोला २ लाख ९३ हजार ३००...

महासभामा प्रधानमन्त्रीले जलवायु सङ्कट र न्यायको मुद्दा सशक्त रूपमा उठाउनुभयो : परराष्ट्रमन्त्री

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र साहले संयुक्त राष्ट्र सङ्घको ८१ औँ महासभालाई सम्बोधन गर्दै नेपालजस्ता मुलुकले भोग्नुपरेको जलवायु सङ्कटको भयावह अवस्था र जलवायु न्यायको आवश्यकतालाई विश्व मञ्चमा सशक्त रूपमा उठाएको बताएका...

देउवा क्षेत्रीय प्रतिनिधि चयन

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । पार्टीको आफू नेतृत्वको इतर समूहले बिहीबार गरेको वडा अधिवेशनमा देउवा डडेलधुरा जिल्लाबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन् । नेपाली...

बाघको आक्रमणबाट च्याउ टिप्न गएका एक जनाको ज्यान गयो

धनगढी । कैलालीमा च्याउ टिप्न गएका एक जनाको ज्यान गएको छ। गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट सोही वडाको चरीडाँडा बस्ने ४० वर्षीय कृष्ण चौधरीको ज्यान गएको हो। प्रहरीका अनुसार चौधरी शुक्रबार बिहान करिब ५ बजे च्याउ...

अमेरिकी डलरको भाउ बढ्यो, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज (शुक्रबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ घटेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ घट्दा युरो, पाउन्डसहित...