आज सुनचाँदीको मूल्य बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९८० रुपैयाँ कायम भएको छ ।

  • ११ कार्तिक २०८३, बुधबार १२:३० प्रकाशित