३३ अंक बढ्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज बुधबार सेयर बजार ३३.२९ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६६४ अंकमा कायम भएको छ । नेप्से परिसूचक साउन ३० यताकै उच्च हो ।

आज २४१ कम्पनीको मूल्य बढ्यो भने ३५ को घट्यो । त्यस्तै ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब ८० करोडको कारोबार भएकोमा आज ७ अर्ब ४५ करोडको भयो । यो कारोबार रकम करिब डेढ महिना भदौ ३० यताकै उच्च हो ।

  • ११ कार्तिक २०८३, बुधबार १५:३२ प्रकाशित