इजरायलमा २५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टीको अग्रता

केन्द्रभाग मिडिया

काठमाडौं ।

इजरायलमा जारी निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले अग्रता लिएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार २५.२ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टी एक्लै ३२ सिटमा अगाडि छ । नेतान्याहुको गठबन्धन दलहरू समेतलाई जोड्दा ६३ सिटमा अग्रता देखिन्छ ।

यसैगरी विपक्षी नेता गादी आइजेनकोटको गठबन्धन दल ४९ सिटमा अगाडि छन् । त्यस्तै, अरब पार्टीहरू ८ सिटमा अगाडि छन् ।

यी प्रारम्भिक रुझान मात्र भएकाले अन्तिम मतपरिणाममा सिट संख्या तलमाथि हुनसक्ने अनुमान छ ।

प्रधानमन्त्री नेतान्याहुले आफ्नो लिकुड पार्टी निर्वाचनमा सबैभन्दा ठूलो दलका रूपमा अगाडि आएको दाबी गरेका छन् । उनले एक्जिट पोलका अनुमानमा भर नपरी वास्तविक मतपरिणाम कुर्नुपर्ने पनि बताएका छन् ।

  • ११ कार्तिक २०८३, बुधबार १०:२५ प्रकाशित